प्रचण्डलाई पत्तै नदिइ ओलीले बोलाए आफूनिकट नेताहरूको गोप्य बैठक, काे-को भए सहभागि ?

काठमाडौँ । पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन् । काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए । कान्तिपुर दैनिकमा समाचार छ । ‘जति हैन भनेर दाबी गरे पनि […]

मन्त्रिपरिषद् बैठक आज पुनः बस्दै, नयाँ आईजीपीकाे टुङ्गाे लगाइने

काठमाडाैं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) टुंगो लगाउन आज मन्त्रिपरिषद् बैठक भएको छ । साेमबार बसेको बैठकले आईजीपी छान्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । साेमबारकाे बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल […]

तीन बर्षअघिको साइबर हमलामा ४ चिनियाँ सैनिकलाई अमेरिकामा मुद्दा दायर

काठमाडौं । अमेरिकाले चीनका चार सैनिक अधिकारीमाथि तीन बर्षअघि भएको साइबर आक्रमणमा संलग्न भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले सन् २०१७ मा भएको साइबर आक्रमण इतिहासकै सबैभन्दा ठूलो भएको उल्लेख गरेका छन। आरोपित चारै जना चीनको पिपुल्स लिबरेसन आर्मीको ५४ औँ अनुसन्धान इन्स्टिच्युडका सदस्य हुन् । सो इन्स्टिच्युड चिनियाँ […]

गृहमन्त्रीका भाइ नरेशकुमारलाई थुनामा राख्न उच्च अदालतको आदेश, यस्ताे छ मुद्दा

काठमाडौं। उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालतले थापालाई थुनामा राख्न आदेश दिएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ‘फिरौती’ उठाउने […]

प्रधानमन्त्री र बङ्गलादेशका सेना प्रमुखबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच सोमवार आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आएका थिए […]

क्यानडाका सभामुख जर्ज जे फ्युरी नेतृत्वको टाेलीद्वारा राष्ट्रियसभा अवलोकनमा

काठमाडौँ । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले राष्ट्रियसभा बैठकको अवलोकन गरेको छ । सोमबारको राष्ट्रियसभा बैठक चलिरहेको बेला क्यानडाको संसदीय प्रतिनिधि मण्डलले विशिष्ट दीर्घामा बसेर अवलोकन गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा क्यानाडाका सभामुख फ्युरीको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ। नेकपा राष्ट्रियसभा दलका नेता दिनानाथ […]

क्यानेडियन सभामुख फ्युरीद्वारा सभामुख सापकोटालाई भेट्न अस्वीकार

काठमाडौं । नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले पूर्वनिर्धारित कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख सापकोटालाई भेट्न अस्वीकार गरेका हुन । संसद सचिवालयका सचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभाका सभामुख रिक्त रहेकै बेला […]

कांग्रेस प्रवक्ता शर्माको प्रधानमन्त्री ओलीलाई प्रश्न – चीनमा रहेका नेपालीलाई उद्धार कहिले गर्ने ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चीनमा रहेका नेपालीको उद्धारमा ढिलाइ भएको बताएको छ। नोबेल कोरोनाभाइरस संक्रमण फैलिएको वुहानमा रहेका नेपालीलाई संक्रमण हुनुभन्दा अघि नै स्वदेश ल्याउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै चीनमा रहेका नेपालीलाई सरकारले उद्धार कहिले र कसरी गर्ने? भन्दै प्रश्न गरेका छन्। उद्धारमा ढिलाइ भइरहेको भन्दै […]

आईजीपी सर्वेन्द्र खनाल भोलिदेखि अवकाश पाँउदै, को बन्दैछ नयाँ आईजीपी ?

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले (भोलि) मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । ३० वर्षे सेवा अवधिका कारण उनले अनिवार्य अवकाश पाउन लागेका हुन। उनी मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने भए पनि नयाँ आईजीपीबारे अझै टुंगो लाग्न सकेको छैन । महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् । बहालवाला आईजीपी अवकाश पाउनुअघि […]

कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार उक्त जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जान लागेकाे हाे । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु […]