मन्त्रिपरिषद् बैठक आज पुनः बस्दै, नयाँ आईजीपीकाे टुङ्गाे लगाइने

Machchapuchchre

काठमाडाैं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) टुंगो लगाउन आज मन्त्रिपरिषद् बैठक भएको छ । साेमबार बसेको बैठकले आईजीपी छान्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

साेमबारकाे बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्यायले दाबेदारी प्रस्तुत गरेका छन् ।

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले आजै अवकाश पाउने भएपछि नयाँ आईजीपी बनाउन लागिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ । यसैबीच आज बस्ने बैठकले कोरोना भाइरसबाट आक्रान्त बनेको चीनमा रहेका नेपालीहरुलाई कहिले स्वदेश फर्काउने भन्ने मिति समेत तय गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सोमबार बसेको बैठकमा चीनमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा छलफल भए पनि कहिले ल्याउने भनेर टुंगो लाग्न सकेको थिएन । सरकारले चीनबाट नेपाली विद्यार्थी चाँडै फर्काउने भन्दै तयारी तीव्र पारे पनि कहिले ल्याउने भन्ने मिति भने अझै टुंगो लगाउन सकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्