कांग्रेस महाधिवेशनका प्रतिनिधिको शुल्क ३५ सय तोकियो

Machchapuchchre Bank

ARTHARAJNITI ~ नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि शुल्क तीन हजार पाँच सय तय गरेको छ । १८ असोजदेखि हुने १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको शुल्क निर्धारण गरिएको हो । १५ औं महाधिवेशनमा अघिल्लो महाधिवेशनमा भन्दा दुई हजार भन्दा बढी प्रतिनिधि हुनेछन् । १४ औं महाधिवेशन ४७ सय बढी प्रतिनिधि थिए । यसपटक करिब सात हजार प्रतिनिधि हुने निर्वाचन समितिले जानकारी गराएको छ । १४ औं महाधिवेशनमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना प्रतिनिधि चयन भएका थिए । यसपटक विधान संशोधन गरेर ३३ जना प्रतिनिधि छनोट हुने विधि बनाइएको छ । प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि बसेको शुल्क भने प्रतिनिधि स्वयंले तिर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्