ARTHARAJNITI ~ सिन्धुलीमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुधबार बिहान करिब साढे ८ बजे काभ्रेबाट रामेछापतर्फ गइरहेको स्कार्पियो सुनकोसी गाउँपालिका– ३, गणेशथानस्थित बीपी राजमार्गमा अनियन्त्रित भई सडकबाट झण्डै २० मिटर तल खस्दा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा काभ्रेको बेथानचोक गाउँपालिका– १ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मीनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् । उनीहरूलाई उपचारका लागि सुरुमा स्थानीय प्रधन मेडिकल, रातामाटा पठाइएको र त्यसपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । जिपका चालक काभ्रेको बेथानचोक गाउँपालिका– ३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा स्कार्पियो सडकबाट २० मिटर तल खस्यो



