कोरोनाकाे कहर : २४ घण्टामा थप १ सय ३ को मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो

Machchapuchchre

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको सीएनएनले जनाएको छ ।

एक हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।

अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ । हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, आइतबार सङ्क्रमण हुनेको सङ्ख्या दुई हजार ६ सय १८ रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्