तीन बर्षअघिको साइबर हमलामा ४ चिनियाँ सैनिकलाई अमेरिकामा मुद्दा दायर

Machchapuchchre

काठमाडौं । अमेरिकाले चीनका चार सैनिक अधिकारीमाथि तीन बर्षअघि भएको साइबर आक्रमणमा संलग्न भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले सन् २०१७ मा भएको साइबर आक्रमण इतिहासकै सबैभन्दा ठूलो भएको उल्लेख गरेका छन।

आरोपित चारै जना चीनको पिपुल्स लिबरेसन आर्मीको ५४ औँ अनुसन्धान इन्स्टिच्युडका सदस्य हुन् । सो इन्स्टिच्युड चिनियाँ आर्मी मातहतकै संस्था हो । क्रेडिट रेटिङ जाइन्ट एक्वीफ्याक्समा भएको ठूलो साइबर आक्रमणबाट १ करोड ४७ लाख मानिसको डाटा चोरिएको थियो ।

सन् २०१७ मा भएको सो साइबर आक्रमणपछि ह्याकरले उनीहरुको नाम, ठेगानासहितका व्यक्तिगत जानकारी चोरी गरेका थिए । बेलायत र क्यानडाका केही मानिसका विवरण समेत त्यो बेला चोरी भएको बताइन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्