क्यानेडियन सभामुख फ्युरीद्वारा सभामुख सापकोटालाई भेट्न अस्वीकार

Machchapuchchre

काठमाडौं । नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले पूर्वनिर्धारित कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख सापकोटालाई भेट्न अस्वीकार गरेका हुन ।

संसद सचिवालयका सचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभाका सभामुख रिक्त रहेकै बेला क्यानेडिएन सभामुख फ्युरीको नेपाल भ्रमण तय भएकाले सोही कार्यतालिका अनुसार मात्रै भेटघाट भएको जानकारी दिए ।

सभामुख सापकोटाको द्वन्द्वकालिन मुद्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेकाले भेट्न अस्वीकार गरेको समाचारहरु बाहिरिरहँदा त्यस्तो कारण भने नभएको गौतमले बताए । यद्यपी नकारात्मक सन्देश जान सक्ने भन्दै फ्युरी र सापकोटाबीच भेटघाटको प्रयत्न भइरहेको बुझिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ९:३० बजे नेपाल आएका क्यानेडियन सभामुख फ्युरीले १२ बजे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग भेटघाट गरी एक अर्काको अनुभव साटासाट गरेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्