कांग्रेस प्रवक्ता शर्माको प्रधानमन्त्री ओलीलाई प्रश्न – चीनमा रहेका नेपालीलाई उद्धार कहिले गर्ने ?

Machchapuchchre

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चीनमा रहेका नेपालीको उद्धारमा ढिलाइ भएको बताएको छ। नोबेल कोरोनाभाइरस संक्रमण फैलिएको वुहानमा रहेका नेपालीलाई संक्रमण हुनुभन्दा अघि नै स्वदेश ल्याउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै चीनमा रहेका नेपालीलाई सरकारले उद्धार कहिले र कसरी गर्ने? भन्दै प्रश्न गरेका छन्। उद्धारमा ढिलाइ भइरहेको भन्दै प्रवक्ता शर्माले ‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा? कोही शव भएपछि बाकसमा? कि पछि चीनबाट रेल आएपछि डब्बामा? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू?,’ भन्ने प्रश्न गरेका हुन्।

उनले चीनमा रहेका नेपालीलाई उद्धारमा ढिलाइ गर्नुको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग प्रश्न गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि चीनमा रहेका एक सय ८१ नेपाली कोरोना संक्रमणको त्रासमा बसिरहेकोले उद्धार गर्नुपर्ने बताएका छन्।

‘चीनमा रहेका नेपाली संक्रमणको त्रासले हप्तौदेखि कोठाभित्र निस्सासिन बाध्य छन्,’ कोइरालाले भनेका छन्, ‘उनीहरू घर फर्कन सरकार गुहारेको समाचार आइरहेका छन्। परिवारको व्याकुलता उस्तै छ। किन सरकार संवेदनशील नभएको?’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्