मन्त्रिपरिषद बैठक सकियो, आईजीपी नियुक्ति भएन

Machchapuchchre

काठमाडौं । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठक सकिएकाे छ तर बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन । हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् ।

स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ । खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्