सीमा समस्याबारे नेपालले गरेको दुवै वार्ता मिति भारतद्वारा अस्वीकार

काठमाडौं । सीमा विवादबारे छलफल गर्न नेपाल सरकारले प्रस्ताव गरेको दोस्रो वार्ता मिति पनि भारत सरकारले अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत पठाएको मितिमा वार्ता गर्न भारतले असमर्थ रहेको जवाफ पठाएको हो । यद्यपि कूटनीतिक नोटको जवाफमा दुई देशबीचको सीमा विवाद समाधान गर्न आफू तयार रहेको भारतीय पक्षले उल्लेख गरेको परराष्ट्र सचिव शंकरदास […]

सबै मुलुकहरुको श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति स्थगित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो । कार्यालयद्धारा जारी सूचनामा नेपाल सरकार, कोरोना रोग रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बिहिबार (फागुन २९ गते) अर्को सूचना नभएसम्म […]

क्यानडाका प्रधानमन्त्रीको श्रीमती पनि कोरोना भाइरसबाट संक्रमित

अर्थ राजनीति । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरसबाट संक्रमित  भएको पुष्टि भएको छ । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती […]

अष्ट्रेलियाका गृहमन्त्रीलाई डटनलाई कोरोना भाइरसको संक्रमण

अर्थ राजनीति । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको भएको पुष्टिको खबर आएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । शुक्रबार विहान ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले बताएका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका थिए । उनले उनको […]

हात मिलाउनुको सट्टा नमस्कार

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन् । बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका थिए । विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका […]

कोरोना संक्रमणको शंका लागे अब १११५ मा फोन गर्न सकिने

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ । शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको […]

यस्ता छ्न कोरोना रोकथामका लागि सरकारले गरेका १९ निर्णय

भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ । विश्वव्यापी रुपमा कोरोनाको प्रभाव फैलिएसँगै नेपाल सरकारले बिहीबार राति कोरोना रोकथामका लागि विभिन्न १९ वटा निर्णय गरेको छ। यस्ता छन् सरकारले गरेका निर्णय १.नेपाल आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसाको व्यवस्था १४ मार्च २०२०को राति १२ बजेबाट […]

कोरोना यो पुस्ताकै खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री बोरिस

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसलाई अहिलेको पुस्ताकै सबैभन्दा खराब स्वास्थ्य संकट भएको बताएका छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न विशेष कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन् । प्रधानमन्त्री बोरिसले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘यसबाट बच्नका लागि ठूलो कदम […]

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित भएको छ । कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजगर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वंगलादेशको भ्रमण स्थगित गरेकी शीतल निवास स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा चैत ९ गते पारस्परिक भ्रमणका लागि ढाका जाने कार्यक्रम तय भएको थियो । तर, पछिल्लो समय विश्वव्यापी […]

गीता छोएर राप्रपा नाफुटाउने वाचा

अर्थ राजनीति । हिजो कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द लोहनी नेतृत्वको राप्रपा बीच एकताको घोषणा भएको छ । एकीकृत पार्टीमा तिनैजना अध्यक्ष भएका छन । उनीहरुको पदबहाली भने बिहिबार हुदैछ । घोषणासभामा तिनै जना अध्यक्षले ‘गीता’ छोएर अब पार्टी नाफुटाउने वाचा गरेका छन । प्रजातन्त्र पुन:स्थापना भएपछी २०४७ सालमा जन्मिएको राप्रपा […]