गीता छोएर राप्रपा नाफुटाउने वाचा

Machchapuchchre

अर्थ राजनीति । हिजो कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द लोहनी नेतृत्वको राप्रपा बीच एकताको घोषणा भएको छ । एकीकृत पार्टीमा तिनैजना अध्यक्ष भएका छन । उनीहरुको पदबहाली भने बिहिबार हुदैछ । घोषणासभामा तिनै जना अध्यक्षले ‘गीता’ छोएर अब पार्टी नाफुटाउने वाचा गरेका छन । प्रजातन्त्र पुन:स्थापना भएपछी २०४७ सालमा जन्मिएको राप्रपा पटक-पटक फुट्ने र जुट्ने क्रम चलिरको नै छ । एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने भनिएको छ । दुवैको एकतापछी नाम रास्ट्रीय प्रजातन्त्र पार्टी र झण्डा पनि राप्रपाकै भएको छ । पार्टीको चुनाब चिन्ह ३ महिना भित्र टुंगो लगाउने उनीहरुको सहमती छ । राप्रपाले आफ्नो वैचारिक आदर्श रास्ट्रियता,प्रजातन्त्र र उदारवादलाई लिएको छ ।

राप्रपा अध्यक्ष थापाले गीताको सानो पुस्तिका छोएर आफु कहिले पार्टी नाफुताउन नलाग्ने सुनाए । कांग्रेस र कम्युनिस्टबाट वाक्क भएका नेपालीले अब भोट हाल्न ठाउँ पाएका छन, थापाले बताए । अर्को अध्यक्ष राणाले रास्ट्रवादी,उदारवादी पार्टी,समुह र व्यक्तिलाई समेटेर अघि बढ्ने बताएका छन । त्यस्तै गरि लोहनीले जनतालाई एकताबद्द गराउन राजसंस्था आवश्यक रहेको तर्क गरे ।  राप्रपा नेताहरुले घोषणासभामा सत्तारुढ नेकपा र प्रमुख कांग्रेसलाई दुवै भाष्टचारमा संलग्न भएको,सुशासन दिन नसकेको र न्यायलयमा पनि कार्यकर्ता भर्ना गरेको आरोप लगाएका छन ।

स्रोत :नयाँ पत्रिका

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्