राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित भएको छ । कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजगर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वंगलादेशको भ्रमण स्थगित गरेकी शीतल निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा चैत ९ गते पारस्परिक भ्रमणका लागि ढाका जाने कार्यक्रम तय भएको थियो । तर, पछिल्लो समय विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण बंगलादेशमा समेत बढ्दै गएपछि राष्ट्रपति भण्डारीले भ्रमण स्थगित गरेकी हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्