अष्ट्रेलियाका गृहमन्त्रीलाई डटनलाई कोरोना भाइरसको संक्रमण

Machchapuchchre

अर्थ राजनीति । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको भएको पुष्टिको खबर आएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । शुक्रबार विहान ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले बताएका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका थिए । उनले उनको रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन ।

अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् । मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए । त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेको कुरा बताए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्