हात मिलाउनुको सट्टा नमस्कार

Machchapuchchre

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन् । बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका थिए ।

विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका हुनाले दुई देशका प्रमुख नेताले ह्वाइट हाउसमा नमस्कार गरेका हुन् । सेन्ट प्याट्रिक्स डेको एक दिनअघि आयरल्यान्डका सरकार प्रमुख अमेरिकी राष्ट्रपतिलाई भेट्न जाने परम्परा छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्