कोरोना संक्रमणको शंका लागे अब १११५ मा फोन गर्न सकिने

Machchapuchchre

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।

शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो ।

कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ । कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्