कोरोना यो पुस्ताकै खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री बोरिस

Machchapuchchre

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसलाई अहिलेको पुस्ताकै सबैभन्दा खराब स्वास्थ्य संकट भएको बताएका छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न विशेष कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री बोरिसले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘यसबाट बच्नका लागि ठूलो कदम उठाउनुपर्ने बेला आएको छ ।’

प्रधानमन्त्री बोरिसले भने, ‘सरकारी स्वास्थ्य सेवा एनएचएस यतिबेला दबाब झेलिरहेको छ र मानिसहरुलाई सल्लाह दिइएको छ कि जसलाई ज्वरो आएको छ, लगातार खोकी लागिरहेको छ उनीहरुले सात दिनका लागि आफूलाई अरु व्यक्तिको सम्पर्क भन्दा टाढा राखुन् ।’ बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १० जनाको मृत्यु भइसकेको छ । ५ सय ९० जना संक्रमित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्