प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ । मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा राखिएको स्टेन्ट निकालेपछि उनी आजै आफ्नो निवास बालुवाटार फर्किने छन् । ‘मिर्गौला प्रत्यारोपण गरेको समयमा स्टेन्ट […]

कोरोना भाइरस संक्रमण रोकथामबारे तीन तहका सरकार छलफलमा

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अहिले सात वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुखहरुसँग छलफल गरिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा सातै प्रदेशमा कोरोनाको संक्रमण रोक्न, त्यससम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भइरहेको हो । उपप्रधानमन्त्री एबं कोरोना रोकथाम तथा नियन्त्रण […]

कोरोना त्रास- सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन

काठमाडौं । सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन। ‘आज मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने हो। त्यो राखेको धेरै […]

स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

स्पेन । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्पेनको सरकारले आइतवार दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नीको कोरोना संक्रमण जाँच पोजेटिभ देखिएको हो । प्रधानमन्त्री र उनकी पत्नीको स्वास्थ्य राम्रो भएको र उनीहरुले चिकित्सा अधिकारीहरुको निर्देशन अनुसरण गर्दै मड्रिडस्थित ला मोन्क्लोआ प्लालेसमा रहेको जनाइएको छ । यसअघि […]

सार्क राष्ट्रबीच आज भिडियो वार्ता, प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी […]

प्रधानमन्त्री ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अस्पतालबाट हिजो साँझ डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रचण्ड शनिवार विहान बालुवाटार पुगेका थिए । प्रचण्ड’ले बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् […]

माइक्रोसफ्टको बोर्ड डाइरेक्टरबाट बिल गेट्सले दिए राजीनामा

काठमाडौं । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन् । विश्वको धनाड्य व्यक्ति बिल […]

कोरोना भाइरस – इटालीमा एकै दिन २ सय ५० को मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ। एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । थप २५ सय ४७ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १७ हजार ६६० पुगेको छ । उपचार गराइरहेका १४ हजार ९ […]

भारतले भाेली आइतबारदेखि सीमानाका बन्द गर्दै, नेपालीलाई समस्या पर्छ कि पर्दैन ?

कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको […]