२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै
जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तोक्ने विषयमा मंगलबार प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइएको भएपनि करिब ११ बजेतिर मात्रै बैठक शुरु भएको छ । बैठकमा अहिले प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी र नामको विषयमा बोलिरहेका छन् । […]
