अमेरिकी दूतावासद्वारा सबै भिसा र अन्तरवार्ता रद्द

Machchapuchchre

अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ ।

अमेरिकी दूतावास नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएको हो । दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्