आफुमा परिवर्तन चाहनुहुन्छ ? आजैबाट किताब पढ्न सुरु गर्नुहोस !

Machchapuchchre

अर्थ राजनीति । हामीले सानो उमेर देखिनै किताब पढीरहेका हुन्छौ र हामीले किताब पढेर कहिले सक्दैनौ । किताब पढ्ने व्यक्ति र नपढ्ने व्यक्तिमा निकै फरक पाइन्छ । किताब पढ्ने व्यक्तिले हरेक कुराको सजिलै तर्क दिन सक्छ भने किताब नपढ्ने व्यक्तिलाई तर्क दिन एकदमै कठिन हुने गर्दछ । किताब पढेपछि धेरै कुराहरुको ज्ञान पनि प्राप्त हुने गर्दछ । नियमित किताब पढ्ने व्यक्तिको आयु पनि लामो हुन्छ । किताब पढ्ने व्यक्ति आफ्नो स्वाथ्यलाई कसरी तन्दुरुस्त राख्ने र आफ्नो दिमागलाई कसरी ताजा राख्ने भन्ने कुरामा जानकारी योग्य हुन्छन् । केहि कुराको ज्ञान लिन र जीवनलाई सफल बनाउन हामीले नियमित किताब पढ्ने बानि गर्नु पर्छ ।

किताब पढ्दा जिन्दगीमा आउने परिवर्तनहरु :

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६, आमा-बुबाको मूल्य बुझिन्छ !

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्