के तपाई सुखी हुन चाहनुहुन्छ ? आजै यी बानि हरु त्यागी दिनुहोस !

Machchapuchchre

अर्थ राजनीति । मानिसहरुलाई केहि न केहि कुराले दुखि बनाइरहेको हुन्छ । मानिस के कारण गर्दा दुखि हुन्छ जानी राखौ ।

प्राय मानिसहरुको ढिलो सुत्ने र ढिलो उठ्ने बानि हुन्छ । ढिलो सुत्नाले र ढिलो उठ्नाले मानिसलाई दुखि बनाउने गर्छ । त्यसैले हामि समयमै सुत्ने र समयमै उठ्ने बानि बसाल्नु पर्छ । कारोबारको हिसाब नराख्नाले पनि मानिसलाई दुखि बनाउछ । त्यसैले हामीले कारोबार गर्दा कारोबारको लेखा जोखाको हिसाब राख्नु पर्छ । लेन देनको हिसाब राख्ने बानीले मान्छेलाई पछिको लागि सजिलो बनाउने गर्छ । हामीले एक अर्कालाई सहयोग गर्नु पर्छ । सहयोगको भाव लिएर हामि अगाडी बढ्नु पर्छ । कसैलाई केहि नगर्नाले पनि मान्छेलाई दुखि बनाउने गर्दछ । त्यसैले हामीले सकेसम्म भलो हुने काम र सहयोग गर्नु पर्छ । यसले मानिसलाई सन्तुष्टि मिल्दछ । मानिसले कसैको विश्वास नगर्नाले पनि उसलाई दुखि बनाउने गर्दछ । मानिसले एक अर्कालाई विश्वास गरेर चल्नु पर्छ । विश्वासमा नै हाम्रो जीवन चलिरहेको हुन्छ । मानिसको जिद्दी पनले गर्दा पनि मानिसलाई दुखि बनाउने गर्दछ । आफुले बोलेको कुरा मात्र सहि र साचो भन्ने बानीले गर्दा पनि मानिसलाई दुखि बनाउने गर्दछ । बिना कारण र आफ्नो फाइदाको लागि झुटो बोल्ने बानीले पछी ठुलो संकट आउने गर्छ । मानिसले एक झुटलाई लुकाउन सयवटा झुट बोल्नु पर्छ । बिना कारणले बोलेको झुटले मानिसलाई पछि गएर दुखि बनाउने गर्छ । त्यहि भएर हामीले झुटो बोल्नु हुदैन | दिएको काम समयमा पुरा नगर्नाले समस्या उत्पन्न हुन्छ र मानिसलाई दुखि बनाउछ । त्यहि भएर दिएको काम समयमा नै पुरा गर्नुपर्छ । कसैको लागि बिना काममा सल्लाह दिने बानीले गर्दा पनि मानिसलाई दुखि बनाउने गर्दछ । अरुको बीचमा बोल्ने र उनीहरुले केहि प्रतिक्रिया नमागी किनै सल्ला दिनाले पनि मानिसलाई दुखि बनाउने गर्दछ । बितिसकेको कुरा सम्झिदा मानिसको मनमा दुख उत्पन्न हुने गर्दछ । त्यसैले बितिसकेको कुरालाई सम्झिएर बस्नु भन्दा वर्तमानमा जिउन सिक्नु पर्छ र अब आफ्नो जीवनलाई कुन दिशा तर्फ लादा राम्रो हुन्छ भन्ने बारेमा सोच्नु पर्छ । मानिसले सधै आफ्नो बारेमा मात्र सोच्नाले मानिसलाई दुखि बनाउने गर्छ । त्यहि भएर हामीले अरुको बारेमा पनि सोच्नु पर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्