आफु कसरी खुसि रहने

Machchapuchchre

अर्थ राजनीति  । हामी सबैको जीवनमा केही त्यस्ता व्यक्ति, परिवार अथवा साथीहरु हुन्छन्, जसले हाम्रा लागि समय निकालेर हामीलाई खुसि बनाउने गर्छन । तर हामि केहि क्षण मात्र खुसि हुन्छौ । हामीले आफैं आफ्नो खुशीको बारेमा सोच्नु पर्छ आफुलाई खुसि बनाउन आफ्नो लागि समय निकाल्नु पर्छ र आफुलाई जे मन पर्छ त्यहि गर्नु पर्छ । खुसि हुनको लागि आफु स्वत्रन्त्र भएर बाच्नुपर्छ ।

  • एक्लै शपिङ जानु पर्छ:

अन्य कुनै व्यक्तिसंग शपिङमा जानु अथवा अनलाईन शपिङ गर्नु भन्दा आफुनै बजार गएर शपिङ गर्नु पर्छ । हामीले केही समय आफ्नो लागि पनि टाइम निकाल्न सक्छौ । तर, जब हामी कोहि अरुसंग शपिङमा जान्छौं, कुनै सामान किन्नका लागि समेत उसको राय लिन्छौं । एक्लै शपिङमा जाँदा यी सबै कुराहरुबाट बच्छौं र धेरै कुरा सिक्छौं ।

 

  • एक्लै रेस्टुरेन्ट जानु पर्छ:

कहिलेकाहिं कसैलाई साथमा नलिइ आफ्नो मन पर्ने रेस्टुरेन्टमा जानु पर्छ रआफुलाई मन पर्ने खानेकुरा खानु पर्छ  । जब तपाईं अन्य कुनै साथी अथवा परिवारको साथमा हुनुहुन्छ भने त्यो समयमा हामी ति खानेकुराहरु अर्डर गर्न सक्दैनौं, जुन अर्डर गर्न चाहन्छौं । त्यसैले एक्लै खाना खानका लागि बाहिर अवश्य जानु पर्छ ।

  • एक्लै फिल्म हेर्नु पर्छ:

साथीभाई र परिवारसंग फिलिम हेर्नजानु भन्दा एकचोटी एक्लै फिलिम हेर्न जानुहोस । त्यसबाट तपाईलाई छुट्टै किसिमको खुसि मिल्छ । आफ्नो मन पर्ने फिल्म हेरेर खुशीको महसुस गर्नु पर्छ । यसो गर्नाले तपाईंको खुशीमा कोहि अरुको अधिकार हुँदैन । यसो गर्दा तपाईं भित्रको हिच्किचाहट सकिन्छ र तपाईको आत्मविश्वास बढ्छ ।

  • एक्लै घुम्न जाने :

घुम्न हामि सबैलाई मन पर्छ । साथीभाई र परिवारका सदस्यसंग घुम्न जानुबाहेक एउटा योजना एक्लै घुम्ने पनि बनाउनु पर्छ । छोटो यात्रा भएता पनि आफुलाई बुझ्ने र परिक्षण गर्ने यो सबै भन्दा राम्रो मौका हुन्छ । जब तपाईं नयाँ ठाउँमा नयाँ मानिसहरुको बीचमा हुनुहुन्छ, र तपाईंलाई नयाँ कुराहरुको बारेमा ज्ञान हुन्छ । एक्लै घुम्ने बानि बसालेर हेर्नुहोस । एक्लै घुम्नाले आफुलाई सन्तुष्टि र खुसि भएको अनुभब हुन्छ ।

  • मनपर्ने कुराहरुसंग समय बिताउनु पर्छ:

हामीले आफुलाई मन लागेको कुरा मात्र गर्नु पर्छ र मनपर्ने कुराहरुसंगा अलि बढी नजिक हुनुपर्छ । गीत सुन्ने, नृत्य गर्ने, कुनै संगीतको साधन बजाउने अथवा कुनै खेल खेल्न मन पर्छ भने त्यस्ता कुराहरु हप्तामा एकपटक अवस्य गर्नुपर्छ । यी कुराहरु गर्नाले एकदमै खुसि र आफुलाई सन्तुष्टि मिल्छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्