सहकारीमा १६ प्रतिशतभन्दा बढी व्याज लिए कार्बाही हुने

Machchapuchchre

अर्थ राजनीति । बैंकमा भन्दा सहकारी क्षेत्रमा व्याजदर बढी भएको भन्दै व्याजदर घटाउन सहकारी विभागलाई चौतर्फी दवाव परेको छ । सहकारीमा धेरै व्याज लिने कारणले ग्राहकहरुले चर्को व्याजमा ऋण झिक्न बाध्य भएका छन । ग्राहकहरुको समस्याको मध्ये नजर गर्दै विभागले यसअघि १६ प्रतिशत भन्दा वढी व्याज नलिन सहकारीहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन कतिपय सहकारी संस्थाले लागु नगरेका गुनासाहरु बढेसँगै व्याजदर घटाउन दवाव दिएको हो । ब्याजदरबारे समस्याको समाधान गर्न विभागले समिति बनाएर अघि बढ्ने निर्णय गरेको छ । विभागले २०७६ साल साउन १९ गते कर्जामा १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने निर्देशनसहित सन्र्दभ ब्याजदर लागू गरेको थियो । सहकारी विभागले १६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीलाई कार्बाही गर्ने बताएको छ । ब्याजदरमा सीमा निर्धारण भएपनि कतिपय सहकारीले उक्त निर्देशनको पालना नगरे पछी, सरकारी विभागले निर्देशन जारि गरेको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्