कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि अमेरिका र क्यानाडाको सीमा पनि बन्द भएको छ । अत्यावश्यक बाहेकका अवस्थामा सीमा बन्द भएको हो । अत्यावश्यक यात्राका लागि सीमा खुला गरिए पनि त्यो बाहेकका यात्रुलाई सीमा वारपार गर्न अब दिइने छैन । यसबारे ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी […]

मुटुमा समस्या भएपछि डा.बाबुराम भट्टराई गंगालाल अस्पतालमा भर्ना

काठमाडौं । मुटुमा समस्या भएको महशुस भएपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी […]

खाडी र युरोपबाट आउनेलाई लगाइयो रोक, अब २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडाैं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो। अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ। त्यस्तै पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, […]

गभर्नर नियुक्तिमा राजनीतीकरण बढ्दै : प्रथम गभर्नर राणा

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीति हाबी हुनु गलत भएको भन्दै प्रथम गभर्नर हिमालयशमशेर राणाले बताएका छन्  । सञ्चार केन्द्र नेपालद्वारा आयोजित नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र विषयमा भएको अन्तक्र्रियामा राणाले गभर्नरको समयावधि सकिनु एक महिनाअगाडि नै नयाँ गभर्नर छान्नुपर्ने बताए  । तर, राजनीति गर्नकै लागि तीन–चार दिनअघि मात्र नयाँ […]

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । काठमाडौंमा डिप ओभर्सिज नामक कम्पनीको आवरणमा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको मास्कलाई […]

कोरोना भाइरसबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् । राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम समेत स्थगित भइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक डाकेको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् […]

सामुहकि बीमा कर्णालीबासीलाई प्रदेश सरकारको उपहारः मन्त्री भण्डारी

काठमाडौँ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सामुहिक बीमा कर्णालीबासीको लागि उपहार भएको बताएका छन् । उनले समाजवादी कार्यक्रमको अभ्यास भएको भन्दै नागरिकलाई विपतमा सरकारलाई सम्झिने वातावरण होस् भनेर बीमा कार्यक्रम लागु गरिएको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै कर्णालीलाई “विपत जोखिमविरुद्ध सामुहिक दुर्घटना बीमा आन्तरिक मामिला तथा कानुन […]

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि अस्वीकृत

जनकपुरधाम । प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको छ । सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ । यसअघि प्रदेशको नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी […]

प्रदेश २ को नामाकरण र राजधानी तोक्न मतदान शुरू, सात पटक मतदान हुने

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न निर्वाचन शुरू भएको छ । पहिलो मतदान सभामुख सरोजकुमार यादवले गरेका छन् । नाम र राजधानीसम्बन्धी विभिन्‍न प्रस्तावमा सात पटक निर्वाचन हुने भएको छ । नामाकरणका लागि चार पटक र राजधानी तोक्न तीन पटक गरी सात पटक निर्वाचन हुन लागेको हो । विभिन्न राजनीतिक दलका सांसदले […]

काठमाडौं महानगरका वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग सिंहको छलफल

काठमाडाैं । काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफल गरेका छन्। कोरोनाभाइरस नेपालमा पनि भित्रन सक्ने भएकोले सतर्कता अपनाउनेबारे जनप्रतिनिधि र पार्टीका क्षेत्रीय सभापतिसँग मंगलबार सिंहले छलफल गरेका हुन्। कोरोनाभाइरस संक्रमणबाट जोगिन घरघरमा जनचेतनाका कामहरू सुरू गर्न सिंहले वडाध्यक्षहरूलाई आग्रह गरेका छन्। भाइरसको त्रासभन्दा पनि सचेत रहन जनचेतना […]