प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि अस्वीकृत

Machchapuchchre

जनकपुरधाम । प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको छ । सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ ।

यसअघि प्रदेशको नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत आएको थियोे भने विपक्षमा ७० मत आएको थियो । प्रदेशसभामा १०७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्