सामुहकि बीमा कर्णालीबासीलाई प्रदेश सरकारको उपहारः मन्त्री भण्डारी

Machchapuchchre

काठमाडौँ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सामुहिक बीमा कर्णालीबासीको लागि उपहार भएको बताएका छन् । उनले समाजवादी कार्यक्रमको अभ्यास भएको भन्दै नागरिकलाई विपतमा सरकारलाई सम्झिने वातावरण होस् भनेर बीमा कार्यक्रम लागु गरिएको बताए ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै कर्णालीलाई “विपत जोखिमविरुद्ध सामुहिक दुर्घटना बीमा आन्तरिक मामिला तथा कानुन मन्त्रलायले राष्ट्रिय बीमा कम्पनीसँग गरेको छ । विपत जोखिमका दृष्टिले कर्णाली प्रलेश संवेदनशील मानिन्छ । विपत जोखिमविरुद्ध लड्न १७ लाख ७० हजार कर्णालीबासी र कर्णालीमा खटिने राष्ट्रसेवक कर्मचारीको सामुहिक दुर्घटना बीमा गरेका छौं । यो कर्णाली प्रदेश सरकारको उपहार हो यो । जीवनका कठिन घडीमा सरकारलाई सम्झिने वातावरण होस् र परिवर्तनको समाजवादी कार्यक्रमको अभ्यासको रुपमा मृतकका आफन्तले दुई लाख पाउनेछन् ।

त्यसैगरी आभासका पनि बीमा गरेका छौं । नमूनाको रुपमा यो वर्ष १० हजार घरधुरीलाई बीमा गरिदिने निर्णय गरेका छौं । प्राकृतिक कारणले घर क्षति भएमा प्रत्येक घरधुरीले पाँच पाउने छन् । विपत दूत पनि स्थानीय तहमा राख्ने निर्णय पनि गरेका छौं । उनीहरुमार्फत जनचेतना फैलाउन मन्त्री भण्डारीले स्थानीय तहमा ‘जनभकारी’ कार्यक्रम लागु गरिएको बताए । उनले विपत वा जोखिम भएको बेलाको लागि आधारभूत रुपमा सामाग्री संकलन गर्न जनभकारी कार्यक्रम लागु गरिएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अधिकार बाँडफाँडको अर्को नाम संघीयता भएको बताउँदै कर्णालीमैत्री कानुन निर्माणको प्रक्रियामा भएको बताए । प्रदेश सरकारले २९ वटा कानुन निर्माण गरेको र ९ वटा विधेयक विचाराधिन अवस्थामा रहेको जानकारी समेत दिए । केही संघीय कानुन नबनेका कारण बन्न नसकेको बताउँदै मन्त्री भण्डारीले सैद्धान्तिक स्वीकृत लिइसकेको छ तर केही कानुन पारित हुन बाँकी रहेको बताए ।

प्रदेश सरकारले विपत पीडितको आभास निर्माण गरिरहेको मन्त्री भण्डारीले बताए । उनले २०७१÷०७२ मा सुर्खेतमा आएको बाढी पहिरो कारण भएका पीडितहरुको आभास निर्माण गरिरहेको बताए । बाढी पहिरोमा परी एकहजार पैतालिस घरपरिवार घरपरिवार विहिन भएका थिए । मन्त्री भण्डारीले भने, “प्रदेश सरकारले उच्चस्तरिय समिति बनाएर उनीहरुको आभासा निर्माणको लागि पहिलो किस्ता दिएका छौं । जमिन भएका परिवारलाई आभास निर्माणको पहिलो किस्ता स्वरुप डेढ लाख दिएका छौं । दोस्रो किस्ता वितरण गर्दैछौं । तर त्यो अपुग नै छ ।”

बाढी पीडितहरुले आफ्नै घरमा दशैं मनाउन पाउने गरी आभास निर्माणको काम अगाडि बढेको जानकारी गराउँदै मन्त्री भण्डारीले सबैलाई यसमा सहयोग गर्न अपील समेत गरे । बाढी पीडितलाई प्रतिपरिवार ३ लाखका दरले उपलब्ध गराउने र जमिन नभएकालाई अतिरिक्त दुई लाख उपलब्ध गराउने पनि मन्त्री भण्डारीले जानकारी समेत दिए ।

त्यसैगरी कालिकोटको पलाँतामा आगलागीबाट ३५ घर नष्ट भएका थिए । अग्निपीडितहरुको घर निर्माण निर्माण गरेका छन् । प्रति परिवारलाई पाँच लाख उपलब्ध गराएर सबैले घर निर्माण गरे । अहिले सबै नयाँ घरमा फर्किसक्नुभएको छ । त्यसैगरी छोरी बचत खाता पनि लागु गरेको छ । कर्णाली प्रदेशका परिभाषा बदल्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।

कर्णालीमा पत्रकारित निकै कठिन छ । त्यो तथ्यलाई आत्मसात गरेर प्रदेश सरकारले ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रम लागु गरेको मन्त्री भण्डारीले बताए । उनले पत्रकार साथीहरुको अलगै कर्तव्य पालनाको सिलसिलामा कार्यक्षेत्रमा निधन भएमा परिवारलाई दुई लाख पचास हजार पाउने गरी पत्रकार बीमा लागु गरिएको जानकारी दिँदै त्यसबाट सुर्खेतका एकजना पत्रकारका परिवारले पाइसकेको बताए ।

आमसंचार प्रतिस्ठानको गठनको प्रक्रिया चाँडै अगाडि बढ्ने समेत मन्त्री भण्डारीले जानकारी दिए । मन्त्री भण्डारीले प्रदेश सरकार वा मन्त्री परिवर्तनको बजार हल्लामात्रै भएको भन्दै अहिले त्यो सम्भव नभएको बताए । प्रदेश सरकार बामे सर्दै गरेकोले जनताले अपेक्षा गरेअनुसार नभएपनि आफूहरु खटिरहेको बताए । उनले सरकार र मन्त्री नफेरिने बताए ।

एक अर्को प्रसंगमा मन्त्री भण्डारीले कर्णालीमा देखिएको भन्दा नदिएका सम्भावना धेरै भएको बताए । उनले प्रदेश सरकारले कर्णालीको गरिबी, अशिक्षा, पछौटेपनको परिभाषा बदल्ने गरी काम गरिरेको दाबी समेत गरे । सम्भावनाको हिसाबले समृद्धिको ताल्चा खोल्ने साँचो कर्णाली प्रदेशसँग भएको बताए । उनले एकपटक सबैलाई समृद्धिकी अनुसन्धानको लागि कर्णालीमा पाउने वातावरण बनाउने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्