तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसन्सबीच ऋण अटोमेसन गर्ने सम्बन्धी सम्झौता

Machchapuchchre

काठमाडौँ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लोन अटोमेसन सिस्टमको माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ । लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन९ऋण० वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ ।

एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्