गभर्नर नियुक्तिमा राजनीतीकरण बढ्दै : प्रथम गभर्नर राणा

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीति हाबी हुनु गलत भएको भन्दै प्रथम गभर्नर हिमालयशमशेर राणाले बताएका छन्  । सञ्चार केन्द्र नेपालद्वारा आयोजित नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र विषयमा भएको अन्तक्र्रियामा राणाले गभर्नरको समयावधि सकिनु एक महिनाअगाडि नै नयाँ गभर्नर छान्नुपर्ने बताए  । तर, राजनीति गर्नकै लागि तीन–चार दिनअघि मात्र नयाँ गभर्नर छान्ने चलन रहेको उनले जानकारी दिए । गभर्नर नियुक्तिमा पछिल्लो समय राजनीतीकरण बढ्दै गएको कुरा पनि उनले बताए  । कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सरकारको निर्देशनमा चल्ने गभर्नर नल्याउन सुझाब दिएका छन्  । उनले नयाँ गभर्नरलाई टिवोआरसहितको नियुक्ति दिनुपर्ने बताएका छन । नीतिगत जोखिम लिन सक्ने खालको गभर्नर अहिले बैंकिंग क्षेत्रमा आवश्यक रहेको कुरा जानकारी गराए   ।    निरौलाले राष्ट्र बैंकभित्र संरचनात्मक समस्या सिर्जना हुँदै गएकाले त्यसलाई कठोरताका साथ नियन्त्रण गर्ने गभर्नर आवश्यक रहेको कुरा पनि बताए  ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्