कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि अमेरिका र क्यानाडाको सीमा पनि बन्द भएको छ । अत्यावश्यक बाहेकका अवस्थामा सीमा बन्द भएको हो । अत्यावश्यक यात्राका लागि सीमा खुला गरिए पनि त्यो बाहेकका यात्रुलाई सीमा वारपार गर्न अब दिइने छैन ।

यसबारे ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । सीमामा गरिएको कडाईबाट व्यापार भने प्रभावित नहुने ट्रम्पले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्