काठमाडौं महानगरका वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग सिंहको छलफल

Machchapuchchre

काठमाडाैं । काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफल गरेका छन्। कोरोनाभाइरस नेपालमा पनि भित्रन सक्ने भएकोले सतर्कता अपनाउनेबारे जनप्रतिनिधि र पार्टीका क्षेत्रीय सभापतिसँग मंगलबार सिंहले छलफल गरेका हुन्।

कोरोनाभाइरस संक्रमणबाट जोगिन घरघरमा जनचेतनाका कामहरू सुरू गर्न सिंहले वडाध्यक्षहरूलाई आग्रह गरेका छन्। भाइरसको त्रासभन्दा पनि सचेत रहन जनचेतना फैलाउनुपर्ने उनले बताए।

उक्त कार्यक्रममा कांग्रेस सांसद राजेन्द्रकुमार केसी र काठमाडौं जिल्ला कांग्रेस सभापति सबुज बानियाँ पनि उपस्थित थिए। कार्यक्रममा उपस्थित वडाध्यक्षहरूले महानगरले बजेटमा विभेद गर्ने गरेको गुनासो गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्