पत्रपत्रिकामा चुनावी माहोल

Machchapuchchre

अर्थ राजनीति  । आज प्रकाशन भएको प्राय सबै दैनिक पत्रपत्रिकाले स्थानीय तहको चुनावको विषयलाई जोड  दिएर  समाचार छापेका छन । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएका छन । स्थानीय चुनाव आउन लागेको कारण पत्रपत्रिकाले चुनावी समाचार छापेका छन ।

अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ । त्यस्तै गरि कित्ते कागजमा जग्गा जफतको बरेमा पनि लेखको छ । अन्नपुर्ण पोस्टले विमान स्थलमै वरिष्ठता विवादमा पनि समाचार लेखको छ ।

नागरिक दैनिकले महानगर हाँक्न दलभित्रै प्रतिस्पर्धा शीर्षकमा काठमाडौं, ललितपुर, पोखरा-लेखनाथ र भरतपुर महानगरपालिकाको चुनाबी दौडधूपको समाचार लेख्नुको साथै ४६ करोड असुल्न आदेश दिएको भन्दै समाचार लेखेको छ । त्यस्तै गरि मधेसी मोर्चाको चुनावी रणनीतिको बारेमा पनि समाचार छापेको छ । एका तिर दल दर्ता,अर्कोतिर बिरोधमा निर्वाचन कार्यालय घेराउ ।

राजधानी दैनिकले संवेदनशील मतदान केन्द्रहरुमा भिडियो निगरानी गरिने समाचार लेखेको छ । त्यस्तै गरी संसदमै जादैनन् पहुचवाला सांसद भन्ने विषयमा पनि समाचार छापेको छ । राजधानी दैनिकले पहिलो पृष्ठमा सर्व्चो अदालतले माग्यो न्यायधिस नियुक्त फाइल भन्ने विषयमा पनि समाचार लेखेको छ ।

कान्तिपुर दैनिकले मतदान केन्द्र निर्धारणमा ढिलाइ भइरहेको समाचार लेखेको छ । त्यसैगरी भोट हाल्न रात बस्दै जानुपर्ने अवस्था रहेको बझाङको समस्यालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ भने संवैधानिक अड्चनको बारेमा पनि समाचार छापेको छ ।

नयाँ पत्रिकाले निर्वाचनको नौ चुनौतिहरुको बारेमा समाचार छापेको छ । त्यस्तै गरि फास्ट ट्रयाक निर्माण  गर्न भारतले पूर्ण प्रस्ताव गरेको समाचार पनि उल्लेख गरेको छ । रानी पोखरी निर्माण अलपत्र पर्यो भन्दै समाचार छापेको छ ।

गोर्खा पत्रले बैशाख ७ गते भित्र कांग्रेशका उमेद्वार छान्ने बिषयमा समाचार लेखेको छ । साथै चिन भ्रमण उपलब्धिमुलक हुने भन्दै समाचार छापेको छ । त्यस्तै गरि रावतलाई मानार्थ महारथी  सममान पर्दान गरेको विषयमा पनि समाचार छापेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्