सिन्धु विकास बैंकले माग्यो कर्मचारी

Machchapuchchre

अर्थ राजनीति । सिन्धु विकास बैंकले केही संख्यामा सुपरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर र माइक्रोफाइनान्स हेड मागेको छ भने एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर मागेको छ । तीन वटै पदका लागि स्नातक उतीर्ण भएको हुनुपर्छ । रिलेसनसिप मेनेजरका लागि एक वर्ष, ब्रान्च मेनेजरका लागि दुई वर्ष र माइक्रोफाइनान्स हेडका लागि तीन वर्षको अनुभव मागिएको छ । त्यस्तै, बैंकले माइक्रोफाइनान्सका लागि जुनियर एसिस्टेन्ट मागेको छ । जसका लागि व्यवस्थापन संकायमा प्रवीणता तह उतीर्ण हुनुपर्नेछ । स्नातक उतीर्ण र अनुभवीलाई प्राथमिकता दिइनेछ । त्यस्तै, केही संख्या स्नातक उतीर्ण जुनियर एसिस्टेन्ट पनि मागिएको छ । आवेदन अनलाइनबाट दिन सकिनेछ । आवेदन दिने म्याद चैत्र १७ गतेसम्म रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्