पहिलोपटक मानवमा यसरी गरियो कोरोना भाइरसको खोप परीक्षण

Machchapuchchre

वार्शिटन । कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो ।

कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् । उनले खोप परीक्षण गर्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि यो खोपले काम गर्ने नगर्ने स्पष्ट हुन भने धेरै महिना लाग्नसक्ने र खोप सार्वजनिक रुपमा उपलब्ध हुन १८ महिनासम्म लाग्नसक्ने खोप विकास गरेका वैज्ञानिकहरुले बताएका छन् ।

यो खोपको विकास अमेरिकाको स्वास्थ्य प्रतिस्ष्ठानको आर्थिक सहयोगमा मोडेर्ना नामक कम्पनीले गरेको हो । मानवमा खोप परीक्षणका लागि ४५ जना स्वयंसवी छनौट गरिएको छ भने उनीहरुलाई खोपको विभिन्न मात्रा दिइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्