२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै

Machchapuchchre

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तोक्ने विषयमा मंगलबार प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइएको भएपनि करिब ११ बजेतिर मात्रै बैठक शुरु भएको छ ।

बैठकमा अहिले प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी र नामको विषयमा बोलिरहेका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको झन्डै २५ महिना पछि २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा मतदान हुन लागेको हो ।

स्थायी राजधानी जनकपुरधामलाई तोक्ने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको एकमत छ । तर, नामको विषयमा भने सहमति जुट्न सकेको छैन । प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशसभाको स्थायी राजधानी र प्रदेशको नाम परित गर्ने संवैधानिक व्यवस्था छ । पहिलो चरणमा दुईतिहाई बहुमत नपुगे दोस्रो चरणमा मतदान हुने छ ।

कूल १ सय ७ जना सांसद रहेको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२, प्रदेश सरकारको सत्तारुढ दल समाजवादी पार्टीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राष्ट्रिय जनता पार्टीको २५ तथा संघीय समाजवादी पार्टीको १ सिट छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्