कांग्रेस मोरङको बैठक स्थगित, काेराेना त्रास र महँगिप्रति सरकारले चासो देखाउनु पर्ने माग

Machchapuchchre

मोरङ। कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासि देखिएको महँगिप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली कांग्रेस मोरङले माग गरेको छ । यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।

यही चैत ५ गते बस्ने भनिएको बैठक कोरोनाकै कारण स्थगन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिँदै यसबाट बच्न र बचाउन भातृ सङ्गठनमार्फत सचेतना एवं जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको बताए ।

सचिव घिमिरेले भने, ‘‘कोरोना सङ्क्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन तथा स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो, ठूलो सङ्ख्यामा भेला भएर राजनीतिक कार्यक्रम हुने छैन ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्