भाेली चैत ४ गतेदेखि अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा आवेदन बन्द गर्दै

Machchapuchchre

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले चैत ४ गतेदेखि लागू हुने गरी डाइभर्सिटी भिसा(डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार बिहान प्रेस विज्ञप्तिमार्फत मंगलबारदेखि सबै डीभी र गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट रद्द गरिने जानकारी दिएको हो।

साथै दूतावासले जरुरी कामले अमेरिकाको यात्रा आवश्यक रहेमा आकस्मिक अपोइन्टमेन्ट लिन सकिने पनि जनाएको छ। आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासले [email protected] बाट उपलब्ध गराएको निर्देशनको पालना गर्न पनि आग्रह गरेको छ।

‘भिसा आवेदकहरूका लागि कोभिड-१९ सम्बन्धी सूचना: २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ।’ काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्