कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली

Machchapuchchre

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । आइतबार सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्ध लड्न साझा धारणा बनाउन गरेको प्रयासलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा एक जनामा संक्रमण देखिएको भएपनि उनी निको भइसकेको उल्लेख गरे । ‘हामीले एकजना संक्रमित निको भइसकेका छन् । हाम्रो प्रयास आफ्नो मुलुकमा भाइरस नआओस् भन्नेमा छ’ ओलीले भने । ओलीले नेपाल प्रवेश गर्नेमाथि कडाइ गरिएको जानकारी दिए ।

उनले भने,‘कोरोना भाइरस नभएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरेका छौं । नेपालीहरुलाई विदेश रोजगारीका लागि पनि प्रतिबन्ध लगाएका छौं ।’ प्रधानमन्त्री ओलीले विमानस्थलको हेल्थ डेस्कमा स्क्रिनिङको व्यवस्था गरिएको निश्चित यात्रीलाई आफैं क्वारेन्टाइनमा बस्न भनिएको जानकारी दिए ।

अस्पतालमा कोरोना संक्रमितहरुका लागि विभिन्न वार्डहरु बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षाका उपकरण प्रदान गरिएको जानकारी दिए । उनले हिमाल आरोहण बन्द गरिएको र अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि स्थगन गरिएको जानकारी सार्कका प्रमुखहरुलाई दिए । स्वास्थ्य लाभको कामना गरेकोमा उनले सबैमा आभार व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्