कोरोना त्रास- सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन

Machchapuchchre

काठमाडौं । सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्