पैसाबाट कोरोना संक्रम हुने सम्भावना बढी

Machchapuchchre

अर्थ राजनीति  । कोरोना भाइरसको संक्रम दिनदिनै बढ्ने क्रम जारि छ  । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले गर्दा हजौरौ मानिसले ज्यान घुमाइसकेका छन  । विभिन्न माध्यबाट सर्ने यो भाइरस पैसाको माध्यमबाट पनि सर्न सक्ने जोखिम देखिएपछी चीनमा फाल्गुन महिनामा ८४ हजार करोड रुपैयाँ जलाएर नष्ट गरिएको थियो  । पैसाको माध्यमबाट कोरोना सर्न सक्ने हुदा र पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून पार्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट पैसा संकलन गरि नष्ट गरेको छ  । यो भन्दा अघि पनि पैसाको कारणले भाइरस सर्ने पुष्टि भएको कारण गर्दा चीनमा पैसा नष्ट गरिएको हो  । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भएको छ  । डाक्टरहरुले पनि कुनै पनि भाइरसको जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताएका छन  । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामन्य किटाणु, ढुसी देखा परेका छन । अध्यनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए  । अध्यन अनुसार तरकारी बजार, मासु पसल, पाण पराग पसल, पेट्रोल पम्प, जुत्ता सिआउने पसल र माग्नेसंग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्