कर्मचारी सम्बन्धि सेवा विनियमावली सार्वजनिक

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्बन्धि सेवा विनियमावली सार्वजनिक गरेको छ । विनियमावली सार्वजनिक गरेपछी विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिपछि कर्मचारीलाई दिने सेवा,सुविधा बारे विनियमावली तयार गर्नुपर्ने छ । व्यवस्थापकीय, अधिकृत, सहायक।, र सहयोगी गरी चार श्रेणीमा पदीय विभाजन गरी कर्मचारी राख्न सक्ने जानकारी छ । बैंकहरुले करारमा कर्मचारी राख्न भने कम गरिने भएको छ । जसका लागि बैंकको वित्तीय क्षेत्रमा काम गर्न करार वा ज्यालादारीले पाउने छैनन् । उनीहरुले अन्य प्रमुख कार्यहरु सम्पादन गर्न पनि पाउने छैनन् । राष्ट्र बैंकले बैंकमा जागिर खान १८ बर्ष पुरा भएको र ४० बर्ष ननानाघेको हुनुपर्ने बताएको छ भने महिलाको लागि भने ४५ बर्षसम्मकाले जागिरका लागि आवेदन दिन सक्ने व्यवस्था छ । बैंक वा वित्तीय क्षेत्रमा कार्यरत कुनै कर्मचारीको मृत्यु वा स्वास्थ्यमा समस्या आएमा पति, पत्नि तथा अविबाहित छोरा वा छोरीलाई सहायक श्रेणीमा जागिर दिन सकिने पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्