कोरोना भाइरस – इटालीमा एकै दिन २ सय ५० को मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

Machchapuchchre

काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ। एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ ।

थप २५ सय ४७ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १७ हजार ६६० पुगेको छ । उपचार गराइरहेका १४ हजार ९ सय ५५ जनामध्ये १३ सय २८ जनाको अवस्था गम्भीर रहेको छ।

१४ सय ३९ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्