प्रधानमन्त्री ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अस्पतालबाट हिजो साँझ डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रचण्ड शनिवार विहान बालुवाटार पुगेका थिए । प्रचण्ड’ले बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।

अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्