स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

Machchapuchchre

स्पेन । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्पेनको सरकारले आइतवार दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नीको कोरोना संक्रमण जाँच पोजेटिभ देखिएको हो ।

प्रधानमन्त्री र उनकी पत्नीको स्वास्थ्य राम्रो भएको र उनीहरुले चिकित्सा अधिकारीहरुको निर्देशन अनुसरण गर्दै मड्रिडस्थित ला मोन्क्लोआ प्लालेसमा रहेको जनाइएको छ । यसअघि सान्चेज मन्त्रिमण्डलका दुई मन्त्रीको कोरोना भाइरस परीक्षण पनि सकारात्मक देखिएको थियो । उनीहरु दुबै जनाको स्वास्थ राम्रो रहेको स्पेनी सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्का अन्य सदस्यको परीक्षण भने नेगेटिभ आएको थियो । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ । संक्रमित मध्ये करिब आधा जनसंख्या मड्रिडमा रहेको जनाइएको छ । कोरोना भाइरसको पहिलो केस जनवरीको अन्त्यमा देखिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्