नेपालमा डेङ्गीको लक्षण देखा पर्याे, ३६ जनामा सङ्क्रमण

Machchapuchchre

काठमाडाै। । नेपालमा डेङ्गी रोगको लक्षण देखा परेको छ । पुसकाे दाेस्राे हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना डेङ्गीको बिरामी फेला परेका हुन् ।

यस्तै वाग्मती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको छ । गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्