राष्ट्रिय वाणिज्य बैंकको युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम शुरु

Machchapuchchre

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशको लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को दोश्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् ।

यस एकेडेमीले फागुन ३० गतेबाट चैत्र १० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा चैत्र १४ देखि चैत्र १६ गते सम्म पोखरामा संचालन गर्दैछ । गण्डकी प्रदेश अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ ।

कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, गण्डकी प्रदेशका प्रमुख ऋशि राम ढकालज्यूले स्वागत गर्नुभई युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले युवा वर्गहरुको वृति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकासमा धेरै सहयोग गर्ने बताए ।

आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ ।

यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध छन् । साथै प्रदेश नं २ मा यहि चैत्र ७, ८, ९ मा तालिम हुन गइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्