वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु

अर्थ राजनीति ~  ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट शनिबार मृत्यु  भएको छ ।   अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो । उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।  

अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण

अर्थ राजनीति ~ अफगानिस्तानको राजधानी काबुलमा  रकेट आक्रमण भएको छ । रकेट आक्रमणमा ८ जनाको  मृत्यु भएको छ । आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले  जानकारी दिएका छन । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताएका छन ।

जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट निधन

अर्थ राजनीति ~नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट निधन भएको  छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको छ ।  दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको छ ।गौरीशंकर देव सिरहाको कल्याणपुर […]

बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा होम सेन्टरमा

अर्थ राजनीति ~ बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको छ । काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ । बीएड प्रथम सेमेस्टरको १७ […]

पछिल्लो २४ घन्टामा १६७४ जनामा कोरोना संक्रमणको पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार […]

मंसिर २९ देखि एमबीएस परीक्षा

अर्थ राजनीति ~ त्रिभुवन विश्वविद्यालयले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरसका कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बताएको  छ ।  

घुस लिएको आरोपमा वाणिज्य आपूर्ति विभाग काठमाडौंका नायब सुब्बाविरुद्ध भ्रष्टाचारविरुद्द मुद्दा दायर

अर्थ राजनीति ~ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ । फर्म दर्ता प्रमाणपत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा महतोले फर्म दर्ताका लागि […]

मकवानपुरमा ४ वर्षको बालिकाको बलात्कार पछी हत्या गरिएको

अर्थ राजनीति ~ मकवानपुरमा ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।  बलात्कार  पछी हत्या उनकै नातेदारबाट भएको जानकारी  छ । बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीले बताएको छ  । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको […]

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट  १९ जनाको मत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट  १९ जनाको मत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौं ५, कास्की र दाङका ३/३ जना, सुनसरीका २ जना, ललितपुर, भक्तपुर, धनुषा, गुल्मी, लमजुङ र स्याङ्जाका १/१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बद्ध अस्पतालहरुले जनाएका छन् ।

विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वमा रास्ट्रपति विद्यादेवी भण्डारी सरिक नहुने

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका छन । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।  कोरोनाको कारण यो  […]