घुस लिएको आरोपमा वाणिज्य आपूर्ति विभाग काठमाडौंका नायब सुब्बाविरुद्ध भ्रष्टाचारविरुद्द मुद्दा दायर

Machchapuchchre

अर्थ राजनीति ~ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ । फर्म दर्ता प्रमाणपत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा महतोले फर्म दर्ताका लागि विभाग पुगेका सेवाग्राहीलाई विभिन्न बहाना बनाई उक्त रकम घुस लिएको देखिन आएकोले उनीविरूद्ध मुद्दा दायर गरिएको हो  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्