” १० वर्षे माओवादी युद्धको औचित्य पुष्टि भएन ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए ।‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका […]

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ ।महामन्त्रीद्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउनुहुनेछ । मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको […]

एसपीपीमा संलग्न नहुने सरकारको निर्णय

अर्थ राजनीति  ~  सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा […]

पर्यटन व्यवसायीहरुको तीन वटा संगठन द्वारा मन्त्री प्रेम आलेलाई जिम्मेवारीबाट हटाउन माग

अर्थ राजनीति  ~  नेपाल पर्यटन व्यसायी संघ नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न […]

पहिरोको कारण खाँदबारीको सागममा एक घर पुरियो

अर्थ राजनीति  ~ सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर ज्यान जोगाएका छ । पहिरोबाट राईको परिवार विस्थापित भएको छ । राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए ।गएराति साढे ८ […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण पेश गर्न सरकारलाई सभामुखको निर्देशन

अर्थ राजनीति  ~   एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरे बमोजीम  सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई […]

” पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ “: अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन् ।  उनले एकता र विभाजनको श्रृङ्खला पार गर्दै पूर्वमाओवादीहरू एक ठाउँमा आउने परिस्थिति निर्माण भएको बताए । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको […]

काठमाडौं महानगरपालिका : नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हाे। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो […]

१ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार

अर्थ राजनीति  ~  चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४\०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै […]

एयर अरेबिया र फ्लाई दुबई पनि गौतम बुद्ध विमानस्थलमा उडान थाल्दै

अर्थ राजनीति  ~   गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने भएका छन्। यसका लागि उक्त कम्पनीहरुले प्रक्रिया अघि बढाएको विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिए। ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले भैरहवा विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेका हुन्। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) […]