स्वार्थका लागि बनेको गठबन्धन हो, ओलीले भने समयक्रममा आफैँ टुट्छ

Machchapuchchre

अर्थ राजनीति  ~ एमाले अध्यक्ष ओलीले गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैँ तोडिने उनले दाबी गरे ।

‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए । केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए ।

‘ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए । सबैले भन्छन्, यो गठबन्धन तोडौँ । तर मैले भने होइन, यो गठबन्धन आफैँ टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैँ टुट्छ,’ उनले भने ।

उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए । उनले पार्टीमा गुटबन्दी अब सह्य नहुने पनि चेतावनी दिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्