विदाको दिनमा चल्ने सरकारी सवारी साधनको साचो नखोस्न गृहमन्त्रालयको निर्देशन

Machchapuchchre

अर्थ राजनीति  ~  सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको साचो विभिन्न समूहले खोसेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो ।  गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक विदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले भनेको छ ।

गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्ने लगायतका गतिविधिहरु भइरहेको उल्लेख गरिएको छ ।

 

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी सेवाका सवारी साधन विदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिएर मात्र चलाउन गृहले आदेश दिएको छ  । यसबारे सर्वसाधरणलाई समेत सुसूचित गराउन गृहले प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्